- पाँच सय मिटर लामो र दुई सय मिटर चौंडाइको ताल बन्यो
- बस्तीमा त्रास, गाउँलेहरू घर बाहिरै
-
, मित्लुङ (ताप्लेजुङ)
असार २६, २०७३- आइतबार बिहान २ बजेतिर सावादिन गाविसको नाक्ला भीर भत्किएर झर्दा तमोर नदीमा ताल बनेको छ, जसमा दुई घर डुबिसकेका छन् भने केही चौपाया बगेका छन् । करिब पाँच सय मिटर लम्बाइ र दुई सय मिटर चौडाइको तालका कारण तमोर नदीकिनार आसपासका बासिन्दामा त्रास बढेको छ ।
छिमेकी फुरुम्बु गाविसको मित्लुङ बजारछेउ बनेको तालले वीरबहादुर र जीवन लाबुङको घर डुबाएको हो । उनीहरूका ६० मुरी धान फल्ने खेत पानीले जलमग्न बनाएको छ । तालले मकै, धान, अलैंचीलगायत बाली पुरेको छ ।
उनीहरूको परिवार मित्लुङ बजारको घरमा बसेकाले मानवीय क्षति भने हुन पाएन । डुबेको घरमा चौपाया मात्रै थिए । पहरो आइतबार दिउँसोसम्म पनि झरिरहेको र अझै झर्ने खतरा रहेकाले नदी अझै थुनिने खतरा टरेको छैन ।
अब पनि नदी थुनिई नै रहे मित्लुङ बजारका १३ परिवारको उठिबास हुने स्थानीय पवन श्रेष्ठले बताए । मित्लुङ बजार नदीभन्दा ५० मिटर बढी उचाइमा छ । कटान हुने डरले आइतबार बिहान यहाँका महिला र बालबालिकालाई डाँडातिर सारिएको थियो । तर, नौ बजेपछि तालमा पानीको सतह घटदै जाँदा उनीहरू घर फर्किएका थिए ।
नदी थुनिएको क्षेत्रका दायाँबायाँ दुवैतिर ठूल्ठूला ढुंगा बसेकाले ताल तत्काल फुट्ने जोखिम नरहेको छिमेकी गाविस हाङदेवाका चन्द्र कार्की बताउँछन् । ताल हेर्न पुगेका ६२ वर्षीय उनले भने, ‘पहरो फुटेको भागमा दह्रो गरी ढुंगाहरू बसेका देखिन्छन्, त्यसको पूर्वपट्टि फुरुम्बु गाविसतिर घरजस्ता ठूल्ठूला ढुंगाहरू छन्, त्यसैले अहिले नै फुट्ने अवस्था देखिँदैन,’ उनले थपे, ‘ढुंगाको आसपासबाट कटान गरेर जाँदा पानी विस्तारै जाने भएकाले जोखिम कम हुन्छ ।’
खेजेनिमका विजय लिम्बू तमोर नदीमा माथिबाट ठूलो बाढी उर्लेर आए ताल भत्काउन सक्ने खतरा औंल्याउँछन् । ‘माथिबाट उर्लेर आए त्यसको करेन्टले प्रेसर गर्न सक्छ र भत्काउन सक्छ, धेरै पानी भएकाले तल्लो क्षेत्रमा बिगार गर्न सक्छ, त्यसैले नदी आसपासका बासिन्दाले सधैं सचेत भने रहनुपर्छ’ विजयले भने ।
यो ताल फुटे ताप्लेजुङको दोभान, हान्द्रुङ, खोक्लिङको थुम्बा, पाँचथर, तेह्रथुम देखि धनकुटासम्मका नदीकिनार आसपासका क्षेत्रमा प्रभाव पर्छ । पानीको सतहको अवस्था अध्ययन र स्थानीयको सहयोगका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली मित्लुङमा राखिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराई तालको अवस्था खतरनाक वा खतरामुत्त दुवै भन्न नसक्ने अवस्था रहेको बताउँछन् । ‘सुरक्षाकर्मीले घटनास्थलबाट नियमित सूचना प्रवाह गरिरहेका छन्, हामीले नदी आसपासका बासिन्दालाई सचेत रहनुहोस् भनेर भनिरहेका छौं, यसै भन्न सक्ने अवस्था छैन,’ उनले भने ।
दुई बजेदेखि सुतेका छैनौं
- पवन श्रेष्ठ
राति दुई बजेतिर दुर्रर्रर्र आवाज आयो । श्रीमतीलाई भूकम्प गयो उठ भनें । फेरि आवाज हरायो । फेरि ढल्कन खोजें । तीन बजेको थियो होला फेरि ठूलो आवाज आयो । त्यसपछि सबै परिवार उठेर बस्यौं । गाउँमा हल्ला भयो । वरिपरि टचस् लगाएर हेर्यौं । केही देखिएन ।

छिमेकी राजकुमारले, पहिरोले खोलो त थुनिएन भन्यो । टर्च बालेर हामी तीन जना केटा खोलो हेर्न मित्लुङ पुलमा गयौं । खोलो त माथिमाथि उठिरहेको रहेछ । पारिपट्टिको घर डुबेको जस्तो देख्यौं । त्यसपछि बजारभरि हल्ला गर्यौं र सबैलाई खोलो थुनियो भनेर उठायौं । माथि मेरो ससुराली घर डाँडाँमा छ, त्यहीं गएर बस्यौं । तलतिर तमोर नदी बग्ने छेउका बस्तीतिर फोन गर्यौं । बिहानभरि सामान पनि निकालेर बाहिर राख्यौं । तर, नौ बजेतिरदेखि पानी घट्न थालेर सान्त भयो ।
जीवन लिम्बू, खेजेनिम १ (डुबेको घरका धनी)
हिजो (शनिबार) दिनभरि भाइ कान्छाले हिल्यायो । मैले आली लगाएँ । घरका अरूले आली काट्ने बीउ काड्नेजस्ता काम गरे । स्कुल बिदा भएकाले केटाकेटीले पनि दिनभरि काम गरे । आज दुई हलले रोपाइँ गर्ने दिन थियो । त्यसैले भाइका र मेरा दुई हल गोरु बेंसीको घरमा बाँधेका थियौं । तिनै गोरु बगाइदिए छ । मेरो ६० मुरी फल्ने खेत कहाँ छ पत्तो नै छैन । घरमा बाँधेका वस्तु सबै मरे । दुईवटा कुकुरका बच्चाचाहिँ भागेर मित्लुङको घरमा आएछन् ।

धनकुटामा सावधानी
ताप्लेजुङको सवादिनमा गएको पहिरोले तमोर नदी थुनिएको घटनापछि धनकुटा प्रशासनले पनि सावधानीका लागि सूचना गरेको छ । ताप्लेजुङ, पाँचथर हुँदै धनकुटा भएर तमोर नदी बगेको छ । जसका कारण नदी आसपासका बासिन्दालाई सावधानी हुन सूचना गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए ।

ताप्लेजुङ प्रहरी प्रशासनसँग समन्वय गरेर घटनाबारे जानकारी लिइरहेको उप्रेतीले बताए । धनकुटाका कुरुलेतेनुपा, तांखुवा, खुवाफोक, बेलहारा, आँखीसल्ला, आहाले, महाभारतलगायत नदी किनार बस्तीका बासिन्दालाई समेत जोखिम पुग्न सक्ने भन्दै प्रहरीले सावधानी अपनाउन सचेत गराएको छ ।
घटनाबाट मानवीय क्षति नहोस् भन्दै मूलघाटलगायतका बासिन्दालाई नदीमा नजान प्रहरीले सूचना गरेको छ । मूलघाटस्थित तमोर रिसोर्टका सञ्चालक मोहन बान्तवाले नदीमा पानी सामान्य गतिमा बगिरहेको बताए ।
प्रकाशित: असार २६, २०७३
http://bit.ly/29v3v03
source:http://kantipur.ekantipur.com/news/2016-07-10/20160710093820.html
No comments:
Post a Comment