Monday, July 11, 2016

ओलीलाई भारतले मन नपराउनु राष्ट्रवाद होइन्ः गजुरेल


सोमबार, २७ असार २०७३, १० : ५६ |  अमर खड्का



इटहरी–क्रान्तिकारी नेकपा–माओवादीका नेता सिपी गजुरेलले भारतले प्रधानमन्त्री केपी ओलीलाई मन नपराउनु नै राष्ट्रवाद नभएको बताएका छन्। उनले ओलीले भारतसँग नटेरेकाले आफूलाई राष्ट्रवाद भनेर गलत भ्रममा मात्र पारेको बताए।
‘ओलीलाई मन नपराएर भारतले हटाएर पुष्पकमल दाहाल वा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा ल्याउन खोजेको चाँहि देखिन्छ,’ नेता गजुरेलले सोमबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘भारतले मन नपराउनु नै ओलीको राष्ट्रवाद होइन् ।’ उनले अरुको स्वार्थका लागि अपर कर्णालीमा प्रोजेक्टले गर्दा नै ओलीको राष्ट्रवाद नांगिएको जिकिर गरे।
‘अहिले पनि राष्ट्रिय स्वाधिनता खतरामा छ, त्यसैले गर्दा पार्टीले त्यसको रक्षाका निम्ति आन्दोलन गर्ने तयारी गरिरहेको छ,’ गजुरेलले भने, ‘अब हाम्रो आन्दोलन राष्ट्रिय स्वाधिनता, वेरोजगारी समस्या समाधान र चरम महंगी–भ्रष्टाचारबिरुद्धका निम्ति केन्द्रित हुनेछ ।’ देशमा राजनीतिक स्थायीत्व नभएसम्म आर्थिक बिकास नहुने हुँदा नेता बाबुराम भट्टराई समेत सफल नहुने उनले बताए ।
पार्टीबाट फुटेर नेकपा–माओवादी केन्द्रमा नेता मिसिएको प्रसंगमा गजुरेलले अवसरवादीले छाडेर जानु जायज नै भएको बताए । ‘कार्यकर्तामा पार्टीमा केन्द्रीय स्तरमै यति धेरै अवसरवादी भएपछि पार्टीले कसरी क्रान्तिकारी विचार अगाडि लैजान सक्थ्यो भन्ने छ,’ उनले भने, ‘जे भएको छ, ठीक भएको छ।’

source:http://www.nagariknews.com/news/1651

No comments:

Post a Comment