Sunday, July 10, 2016

हिमालय यएरलाइन्सको काठमाडौं–दोहा दैनिक उडान सोमबारबाट


बिहिबार, २३ असार २०७३, १८ : २३ |  नागरिक
AddThis Sharing Buttons



काठमाडौं– हिमालय यएरलाइन्स्ले आउँदो सोमबारदेखि काठमाडौं–दोहा(कतार)दैनिक उडान ससञ्चाल नगर्ने भएको छ। उक्त गन्तव्यमा जाने यात्रुहरुको मागलाई सम्बोधन गर्न एअरलाइन्स्ले दैनिक उडान सेवा सञ्चालन गर्न लागेको जनाएको छ।
यएरलाइन्स्ले काठमाडौंबाट स्थानीय समयअनुसार २३ः०० (रातको ११) बजे उडेर ०१ः३० बजे दोहा अवतरण गर्ने जनाएको छ। त्यसैगरी विमान भोलिपल्ट दोहाबाट स्थानीय समयअनुसार ०२ः ३० बजे उडेर १०ः १५  बजे काठमाडौँ अवतरण गर्ने जनाएको छ। एअरलाइन्सले आफनो तोकिएको समयतालिकाअनुसार उडान गर्ने प्रयत्न गरिरहेको जनाएको छ।  
एअरलाइन्सले हाल हप्ताको ३ दिन मंगलबार, बिहीबार र शनिबार उडान सञ्चालन गरिरहेको छ। हिमालय यएरलाइन्स्ले जेठ १८ गतेबाट दोहा कतारलाई आाफ्नो पहिलो गन्तव्यबनाउँदै पहिलो नियमित उडान शुरु गरेको थियो। एअरबस ३२०–२१४ विमानमा ८ बिजनेस क्लास र १५० इकोनोमी क्लास िसट क्षमताको छ ।
यएरलाइन्स्ले आफ्ना यात्रुहरुलाई आन्नददायी, उच्चस्तरीय र आरामदायी, सुरक्षित, विश्वसनीय सेवा प्रदान गर्न बिहीबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

source:http://www.nagariknews.com/news/1444

No comments:

Post a Comment