कुशादेवी (काभ्रे)- साउदी अरेबियामा पाकिस्तानीको ज्यान मुद्दामा नेपाली चालकसँग त्यहाँको अदालतले ९० लाख रुपैयाँ ब्लड मनी मागेको छ। तोकिएको समयभित्र उक्त रकम बुझाए अभियुक्त फासी सजायबाट मुक्त हुने छन्।
स्वदेशमा ६ लाख रुपैयाँ ऋण तिर्न नसकेर बिदेसिएका कुशादेवी–२, घिमिरे गाउँका रामचन्द्र तिमिल्सनासँग साउदी अदालतले ट्रक दुर्घटना गराएर एक पाकिस्तानी मारेको अभियोगमा तीन लाख साउदी रियाल (करीब ९० लाख रुपैयाँ) ब्लड मनी मागेको हो। परदेशमा राम्रो कमाएर घरबार चलाउने, ऋण तिर्ने र छोराछोरी राम्ररी पढाउने इच्छाले दुई वर्षअघि साउदी अरेबिया पुगेका उनी १५ महिनादेखि हायल सेन्ट्रल जेलमा छन्।
उनी ट्रक चलाउने कामका लागि त्यहाँ पुगेका थिए। 'जबिराह हायल सिमेन्ट कम्पनीबाट सिमेन्ट लोड गरी कम्पनीकै पार्किङमा राखेको मेरो ट्रकमा पाकिस्तानी चढेर आएको कार ठोक्किएको थियो। त्यसमा रहेका एक जनाको मृत्यु भयो। गल्ती उनीहरूकै थियो। तर उनीहरूले मेरो ट्रकमा रक्सीको बोतल राखिदिएर रक्सी सेवन गरी ट्रक चलाएको भन्दै पक्राउ गराए', तिमिल्सनाले फोनमा भने, 'मैले नेपालमा पनि रक्सी खाइनँ र साउदी आएपछि पनि खाइनँ। मलाई नखाएको विष लाग्यो। मलाई परिबन्दमा पारियो।'
नेपालमा छँदा उनले पनौती–काठमाडौं चल्ने मिनिबस चलाउँथे। घरखर्च चले पनि दैनिक कमाइले ऋणको किस्ता तिर्न हम्मे भएपछि उनी कतार हानिए। कतारमा १३ महिना बसेर घर फर्केका उनी साउदी लागेका थिए।
त्रिपुरेश्वर, काठमाडौंस्थित वर्ल्डवाइड इम्प्लोइमेन्ट प्रालिलाई एक लाख रुपैंया बुझाएर उनी साउदी पुगेका हुन्। नेपालबाट जाँदा बसिर मोहम्मद अल अनेजी ट्रान्सपोर्ट कम्पनी अलगसिम, साउदीको वर्किङ भिसामा काम गर्ने भनिए पनि उता पुगेपछि कम्पनीको नभई व्यक्तिको ट्रक चलाउने काम दिइएको उनले बताए। ट्रकको बिमा नगरिएको उनले प्रहरी नियन्त्रणमा परेपछि मात्रै थाहा पाए। 'मलाई काम लगाउने साहुले दुर्घटनाको २१ दिनपछि सुरुमा मलाई थुनेको पुलिस स्टेसन आएर पासपोर्टमा 'खूज' छाप लगाइदिए। साहुले यस्तो छाप लगाएपछि मेरो केस सरकारले हेर्ने हुँदो रहेछ। त्यसपछि साहु सम्पर्कमा आएकै छैन', उनले थपे।
२०१६ अप्रिल २५ तारिखमा त्यहाँको अदालतले रामचन्द्रको विपक्षमा फैसला सुनाएको छ। फैसलामा उनकै गल्तीले एक पाकिस्तानीको मृत्यु भएको ठहर गरिएको छ। 'मैले पाकिस्तानीको परिवारलाई ब्लड मनीबापत् तीन लाख साउदी रियाल (करीब ९० लाख रुपैयाँ) तिर्नुपर्ने फैसला 'हुकुम' ले सुनाएको छ। नेपालमा ६ लाख ऋण तिर्न नसकेर विदेश आएको अब मैले यत्ति धेरै रकम कहाँबाट ल्याएर तिर्नु?,' उनले भने।
परदेशमा आफूलाई कसैले सहयोग नगरेको उनी बताउँछन्। 'नेपाली एम्बेसीमा धेरै पटक फोन गरेको छु। आजसम्म कोही भेट्न र खबर लिन आएको छैन', उनले भने। रामचन्द्रले आफूलाई सहयोग गर्न सबैसँग अपिल गरेका छन्।
उताबाट फैसलाको प्रति घरमा आएपछि उनको परिवारका सदस्य राम्रोसँग खान र सुत्न सकेका छैनन्। उनकी पत्नी सरिता, बाबु शेषनारायण र आमा जोगमाइ यस्तो खबरले पीडामा छन्। अंशमा पाएको कच्ची घर भूकम्पले भत्काइदिएपछि सरिताले ५० हजार ऋणमा जस्तापाताले बारेर अस्थायी टहरा बनाएकी छन्। उनलाई ज्यालाबनी नगरी सुखै छैन। रोशी माइती भएकी सरिताको १० वर्षअघि रामचन्द्रसँग बिहे भएको हो। उनीहरुका ५ र ७ वर्षका दुई छोरा छन्।
'मिनिबस किन्दाको अझैं ६ लाख रुपैयाँ जति ऋण सहकारीमा तिर्न बाँकी छ। कमाएर तिरुला भनेर साउदी जानु भएको हो। अब उहाँलाई जेलबाट छुटाउन त्यत्रो रकम कसरी जुटाउने?, सरिताले भक्कानिँदै भनिन्, 'सरकार वा अन्य कसैले उहाँलाई घर आउने व्यवस्था मिलाइदिए धर्मै लाग्ने थियो।'

source:http://www.nagariknews.com/news/1406
No comments:
Post a Comment