असार २७
काठमाडौं–राष्ट्रिय सहमतिको सरकारका लागि पहल थालेका माओवादी केन्द्रका
अध्यक्ष प्रचण्डले सहमतीय सरकार गठनका लागि बाटोखोलिदिन आग्रह गरेका छन् ।
सोमवार साँझ बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भएको भेटमा प्रचण्डले यस्तो
आग्रह गरेका हुन् ।
बालुवाटार स्रोतका अनुसार भेटमा प्रचण्डले ‘सहमतिको सरकारका लागि काग्रेस तयार भएको र यसमा तपाईंको सहयोग चाहिएको’ भन्दै प्रधानमन्त्री ओलीसँग आग्रह गरेका थिए । तर, प्रतिउत्तरमा ओलीले अहिले आफु त्यो विकल्पमा जान नसक्ने बताएको बालुवाटार स्रोतले बतायो । प्रचण्डले आइतवार पनि प्रधानमन्त्री ओलीसग भेट गरेका थिए । आइतवारको भेटमा नौँबुँदे र तीनबुँदे सहमति कार्यन्वयनको माग राखेका प्रचण्डले सोमवार भने सहमतिका लागि बाटो खुला गरिदिन आग्रह गरेका हुन् ।
प्रचण्डको यो आग्रहले काँग्रेस र माओवादीवीच केही संवाद भएको संकेत दिएको छ । सोमवार दिउँसो प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर राष्ट्रिय सहमतिको सरकारका लागि सहयोग गर्न आग्रह गरेका थिए । सूत्रका अनुसार प्रचण्डको यो आग्रहमा देउवा सकरात्मक छन् ।
माओवादीभित्र एमालले सहमति कार्यन्वयन नभए विपक्षीमा बस्ने मानसिकतासहित सरकारबाट बाहिर आउनुपर्ने मत पनि छ । माओवादीले एमालेकै नेतृत्वमा भएपनि सहमतिको सरकार बनाउन आफ्नो पार्टी तयार रहेको समेत प्रधानमन्त्री ओलीलाई विकल्प दिएको छ
source: http://www.ratopati.com/news/62898/

No comments:
Post a Comment