ऋणमुक्त भएपछि पनि निगमले पेट्रोलियम पदार्थको नाफा उच्च राखेकाले बोनसमा ठूलो रकम पाउने देखिएको छ ।
यो बोनस रकम आधारभूत पारिश्रमिकभन्दा ४ गुणा बढी हो ।
यो बोनस रकम आधारभूत पारिश्रमिकभन्दा ४ गुणा बढी हो ।
निगमका अनुसार मासिक पेट्रोल २९ हजार किलोलिटर तथा डिजेल १ लाख १० हजार, मटि्टतेल १५ सय र हवाईइन्ध १० हजार किलोलिटर खपत हुन्छ ।
यस्तै खाना पकाउने एलपी ग्यास २७ हजार टन
बिक्री हुने गरेको छ । पेट्रोलमा प्रतिलिटर ६.६१ रुपैयाँ नाफा छ भने
डिजेलमा ०.६७, मट्टीतेलमा १६.७२, हवाईइन्धनमा १६.६४ र अन्तर्राष्ट्रियमा
हवाईइन्धनमा २२.७७ रुपैया नाफा छ । यस्तै ग्यासका प्रतिसिलिन्डर ४५.०७
रुपैयाँ नाफा रहेको आजको कारोबार दैनिकमा समाचार छ ।
यही आधारमा निगमलाई मासिक १ अर्ब रुपैयाँ
नाफा हुने देखिन्छ । नाफाको शीर्षकमा जम्मा हुन्छ । निगममा कार्यरत ५ सय
कर्मचारीबीच यो रकम जनही बाँडफँट गर्दा प्रतिकर्मचारी १ लाख २० हजार
रुपैयाँ पर्दछ ।
निगमका तल्लो तहका कर्मचारीको पारिश्रमिक
२० हजार रुपैयाँ छ । निगमले भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको
मूल्य कम भएकाले तस्करीको सम्भावना रहेको भन्दै तत्काल मूल्य नघटाउने
बताइसकेको छ ।
यस्तै पूर्वाधा निर्माणको कामका लागि प्रतिलिटर ४.८८ रुपैयाँ छुट्याएको छ ।
२०७३ असार २८ गते ७:०८ मा प्रकाशित source:http://www.onlinekhabar.com/2016/07/452074/
No comments:
Post a Comment