Sunday, July 10, 2016

दक्षिण सुडानमा सत्ता संघर्षका क्रममा भएको भीडन्तमा २७२ जनाको मृत्यु


एजेन्सी
    असार २६, २०७३ 

    दक्षिण सुडानमा सत्ता संघर्षका क्रममा चलिरहेको भीडन्तमा परि कम्तिमा २ सय ७२ जनाको मृत्यु भएको छ । मारिनेमा ३३ जना सर्वसाधारण पनि रहेको सुडानी सरकारले जनाएको छ ।
    राष्ट्रपति साल्भा किर र उपराष्ट्रपति रि मचारका समर्थक बीच गत बिहिबारबाट गोली हानाहान शुरु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन ।
    हिंसापछि राष्ट्रसंघीय शिविरमा शरण लिनेको संख्या बढेको छ । दुई वर्ष लगातार चलेको घरेलु हिंसाबाट मुक्त पाएको भनिएको दक्षिण सुडान सत्ता संघर्षका कारण फेरि गृहयुद्ध उन्मुख भएको हो ।

    प्रकाशित:असार २६, २०७३

    sourcehttp://kantipur.ekantipur.com/news/2016-07-10/20160710183033.html

    No comments:

    Post a Comment