Monday, July 11, 2016

सांसद अघि नसरे जनता उठ्छन्

डा. केसी आजबाट आठौं अनशनमा

आइतबार, २६ असार २०७३, ०७ : ५२ |  नागरिक
AddThis Sharing Buttons

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा मौलाएका विकृतिविरुद्ध आइतबारदेखि आठौं चरणको आमरण अनशन बस्न लागेका वरिष्ठ चिकित्सक प्रा. गोविन्द केसी यसपटक पछाडि फर्किने मनस्थितिमा देखिँदैनन्। भ्रष्टाचारविरुद्ध क्रियाशील निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग लगाउनुपर्ने मागसहित केसीको अनशन घोषणाले समाज तरंगित भएको छ। अख्तियारका कामकारबाहीप्रति अनौठो मौनता देखिन थालेका बेला उनले सुरु गरेको यो अभियानले कुन मोड लिने हो, प्रश्न उठिरहेका छन्।
अनशन पूर्वसन्ध्यामा शनिबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज परिसरभित्रको आफ्नो सामान्य निवासमा भेटिएका डा. केसी तनाबरहित देखिन्थे, आफ्ना माग र अडानप्रति उत्तिकै अडिग। पहिलेजस्तै अस्पताल परिसरमै अनशन बस्ने इच्छाविपरी सरकारी तयारी भइरहेको थाहा पाउँदा पनि उनको प्रतिबद्धता गलेको देखिएन।
अनशन एवं अभियानको भावी दिशाबारे नागरिकका गुणराज लुइँटेल र दीपक दाहालले डां केसीसँग गरेको कुराकानी :
धेरैको आग्रह यसपटक डाक्टरसा'प अनशन नबसिदिए हुन्थ्यो भन्ने छ, मनस्थिति त फेरिँदैन नि?
धेरै शुभेच्छुकले भन्नुभएको छ। त्यो उहाँहरुको मेरो स्वास्थ्य अवस्था र सुरक्षालाई लिएर आएको चिन्ता होला तर म बस्छु (आइतबार) देखि नै बस्छु। कुनै हालतमा अनशन रोकिने सम्भावना छैन।
दुई साताअघि नै अल्टिमेटम दिनुभएको थियो, त्यसपछि केही प्रगति भएन?
अहिलेसम्म कतैबाट, कुनै चासो प्रकट भएको छैन। राजनीतिक नेतृत्व वा सत्तापक्ष कतिसम्म गैरजिम्मेवार छ भन्ने उदाहरण हो यो। यत्तिकै प्रतिक्रिया आउने भए त यतिका दिनसम्म हामीले पटकपटक आवाज उठाउँदा पनि किन मौन बस्थे र?
पहिलेका भन्दा अलि फरक अख्तियारप्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोग लगाउनुपर्ने माग प्रमुख रुपमा उठाउनुको कारण के हो?
यी सबै मागले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षासँग सरोकार राख्छन्। महाभियोग त त्यसपछिको माग हो। चिकित्सा शिक्षासम्बन्धी जुन विधेयक मस्यौदा तयार भयो, त्यसमा केही छुट्नै नहुने पक्ष छुटेका छन्। तिनलाई समावेश गरी संसदको यही अधिवेशनमा पेस हुनुपर्छ। संसद्मा चोर बाटोबाट लगिएको मनमोहन प्रतिष्ठानसम्बन्धी विधेयक फिर्ता हुनुपर्छ। मनमोहन विधेयक लगानीकर्ता नै सदस्य रहेको संसद्को सामाजिक समितिमा विचाराधीन छ। यो विधेयकलाई अगाडि नबढाउन नागरिक अगुवाले पनि आग्रह गरेपछि केही समयसम्म रोकिएको थियो। तर अहिले जसरी पनि पास गर्न लागिपरेका छन्। मेरो भनाइ कुनै पनि कलेज–प्रतिष्ठान आउनुहुन्न भन्ने हुँदै होइन। पहिला नीति बनाऔं र त्यसैअनुसार गरौं भन्ने हो।
अहिले मेरा मागलाई तोडमोड गरेर कुनै अमूक कलेज, पार्टी र गुटविरुद्ध भनेजसरी प्रोपोगन्डा गरिरहेका छन्। मेरा माग थिति बसाल्नका लागि हो। यसअघिका तीन प्रधानमन्त्रीले नयाँ नीति नबन्दासम्म नयाँ कलेजलाई सम्बन्धन नदिने भनिसकेका छन्। अहिले फेरि चोर बाटोबाट दिन मिल्छ? यसअघिकै अनशनका क्रममा सरकारले विश्वविद्यालयका पदाधिकारी नियुक्तिका लािग अहिले शिक्षामन्त्रीकै अध्यक्षतामा 'सर्च कमिटी' बन्छ भनेको हो। मन्त्री राजनीतिक मान्छे हुन्। अघिल्ला शिक्षामन्त्रीले त प्राध्यापक संघ र योजना आयोगका सदस्यका नाममा सबै पार्टीकै कार्यकर्ता राखेर समिति बनाएर भागबन्डामा पदाधिकारी ल्याइन्। विश्वविद्यालय जस्तो गरिमायुक्त ठाउँमा पदाधिकारी प्रतिस्पर्धाबाट आउनुपर्छ। कम्तीमा 'सर्च कमिटी' त स्वतन्त्र विज्ञबाट बन्ने गरी ऐनमै परिमार्जनको माग पनि हामीले अगाडि सारेका छांै। यो प्रतिबद्धता यसअघि नै भइसकेको छ। यति हुँदा मात्र शिक्षालय मर्यादित हुन्छन्, पदाधिकारीले पनि स्वतन्त्र ढंगले काम गर्न सक्छन्। चिकित्साशास्त्र अध्ययन संस्थानमा पनि हामीले त्यो सिस्टम नबस्दासम्म वरिष्ठता आधार होस् भनेर माग गरेपछि केही सुधार भयो। तर फेरि त्यसरी आएका मान्छेलाई दबाब दिएर राजीनामा दिन बाध्य पारिएको छ। अहिले फेरि रिक्त ठाउँमा पार्टीका मान्छे, दलाल, माफियाका मान्छे ल्याउन खेल भइरहेको छ।
डिन नियुक्तिमा कसको खेल भइरहेको छ?
अख्तियारले यसअघि आइओएमका परीक्षा र विभिन्न खालका अनैतिक सन्दर्भमा मुछिएकाहरुलाई सफाइ दियो तर राम्रो काम गरेका आम चिकित्सकले पत्याएका र राम्रा मान्छेलाई चाहिँ एक/एकवटा बिल्ला भिराइदिएको छ। फेरि पनि वरिष्ठताका आधारमा नहोस् भनेर अख्तियारसमेतबाट चलखेल भइरहेको छ। चार महिनादेखि  आइओएमजस्तो प्राज्ञिक संस्थामा डिन छैन। यो एकछिन पनि खाली राख्न नहुने जिम्मेवार पद हो। मैले उपकुलपति र मन्त्री (सहकुलपति) लाई पनि यो पटकपटक लेखेरै दिइसकेँ। अहिले राजनीतिक दलनिकटका गनाएका र माफियाका चम्चाहरुलाई डिन बनाउने खेल भइरहेको छ। आइओमएमा तत्काल र वरिष्ठताकै आधारमा उपकुलपति हुनुपर्छ भन्ने मेरो माग छ। यति महŒवपूर्ण माग हुँदाहुँदै पनि अख्तियारप्रमुखमाथि महाभियोग मागलाई लिएर अन्य माग ओझेलमा पार्न खोजिएको छ।
तपाईंले अख्तियार प्रमुखलाई महाअभियोग लगाउन माग गरे पनि संासद तयार भएनन् भने के हुन्छ?
संासद जनताका प्रतिनिधि हुन्। उनीहरु जनताका हितका लागि नीति, निर्माण गर्न आएका हुन्। उनीहरूलाई अहिले कतर्व्यबोध हुनुपर्छ। अहिले कर्तव्यबोध गरेर आफैं त्यसको प्रक्रिया अगाडि बढाउनुभएन भने परिस्थिति भिन्न हुनेछ। लोकतन्त्रमा सर्वशक्तिमान जनता नै हुन्। सार्वभौमसत्ता त जनतामै छ, अनि सांसद अघि नसरे जनता उठ्छन् र बाध्य भएर काम गराउँछन्। आफैं कतव्यबोध गरेर प्रक्रिया थाल्ने कि जनताले बाध्य पारेपछि मात्रै गर्ने भन्ने हो। लोकमानजीविरुद्ध पनि आफैं यस्तो आरोप लागिसकेपछि उहाँले पनि छानबिन भएपछि मात्रै आउँछु भनेर आफैं हट्नुपर्थ्यो। विकसित र सभ्य समाजमा त त्यस्तो हुन्छ। महाभियोगबाट हटाउन दुई तिहाइ चाहिन्छ तर त्यसका लागि प्रक्रिया थाल्न त एकचौथाइले सक्छन्। अहिले मानिस अख्तियारको डरले बोल्न र अगाडि आउन सकिरहेका छैनन्। कम्तीमा अहिले पदबाट निलम्बन हुने अवस्था आएको भने थुप्रै प्रमाण आउँछ। त्रासमा राखेर देश चल्न सक्दैन। नियमकानुन सबैले पालना गर्नुपर्छ। यो दादा इदी अमिनको युगान्डा युग होइन। अहिले अख्तियारप्रमुखको विरोधमा नबोल्नु त श्मसानघाटको शान्तिजस्तै हो। एकपटक उनलाई पदबाट निलम्बन गरौं र हेरौं, अनि थाहा हुन्छ, उनले गरेका बदमासीका कति प्रमाण आउने रहेछन्। आफूलाई बेताज बादसाह ठानेर हुन्छ? यसपटक हि सुड गो  (उनी जानैपर्छ)।
सासंदले महाभियोग प्रक्रिया नथाले जनता आफैँ आउँछन् भन्नुभयो। उनीहरू कति समयमा आउँछन्?
ठ्याक्कै समय त भन्न सक्दिनँ। मलाई फोनहरु आइरहेका छन्। थुप्रै मान्छे भेट्न आइरहेका छन्। उनीहरुले यो सही माग सही समयमा उठाउनुभयो भनिरहेका छन्। कतिपय जनताले त बुझेका पनि नहोलान्, उनीहरुले हामीलाई सार्वजनिक हितका निम्ति लड्ने मान्छेका रुपमा चिनेका छन् र राजनीतिक दललाई पनि पब्लिकले बाध्य बनाउँछन्।
डाक्टरसा'प, तपाईं आफैंलाई चाहिँ कति पटक एउटै कुराका लागि अनशन बसिरहने बरु कोही अरु आओस् र जिम्मेवारी लिइदियोस् भन्ने लाग्दैन?
मैले मात्र जिम्मेवारी महसुस गरेको होइन, सबैले लिइरहनुभएकै छ। हामी बन्दहडताल, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने गरी अन्य आन्दोलन गर्न पनि सक्दैनौं र त्यसको पक्षमा पनि छैनौं। यो भन्दा शान्तिपूर्ण तरिका अरु छैन। सुरुमा त धर्ना, ध्यानाकर्षण गरेकै हो तर ती काम नलागेपछि यो बाटोमा गएको हो। हो, कतिपयले त भन्नुहुन्छ, तपार्इं मात्रै कति कष्ट उठाउनुहुन्छ र अब हामी पनि कम्तीमा रिले अनशन भए पनि बस्छौं भन्नुहुन्छ। तर सय जना बसे पनि एक जना बसेपछि उपलब्धि त्यही हो भने सबैले किन कष्ट उठाउनुपर्‍यो? त्यही भएर मैले यो काम गरिरहेको छु। अरु साथीहरु डाक्टर, गैरडाक्टर सबैको शुभेच्छा र सहयोग प्राप्त भइरहेको छ। उहाँहरुले प्रत्यक्ष अनशन बस्नेबाहेक थुप्रै जिम्मेवारी लिइदिनुभएकै छ।
अख्तियारलाई तानेपछि यसपटक तपार्इंका अन्य मुद्दा कमजोर होलान् भन्ने डर छैन?
म चिकित्सा शिक्षा क्षेत्रमा चासो राख्ने मान्छे हुँ। मलाई थाहा भएकाले मात्र यस क्षेत्रमा यी हस्तक्ष्ेाप छन् भन्न सकेको हँु। अन्य क्षेत्रमा पनि यस्तै प्रवृत्ति छ भनेर सुनाउँछन्। मेडिकल शिक्षा क्षेत्रमा त हस्तक्षेप पहिल्यैदेखि हो। मैले चौथोपटकको अनशनकै क्रममा महाभियोग भन्न नजानेर होला, छानबिन गरी कारबाही गर्नुपर्ने माग राखेको थिएँ। वार्ता समितिका मान्छेले संवैधानिक निकायलाई कारबाही हुँदैन भनेकाले महŒव दिएनांै। अख्तियारप्रमुखको दायित्व भ्रष्टाचार न्यूनीकरण हो तर अहिले उनी आफैं भ्रष्टाचारमा लिप्त हुँदै छन्। मेडिकल काउन्सिलमा अख्तियारको प्रत्यक्ष हस्तक्षेप छ। आइओएममार्फत आफ्ना नातेदारका कलेजलाई सम्बन्धन दिलाउन उनले काठमाडौं युनिभर्सिटीमार्फत खेलेको सबैलाई थाहै छ।
बाबुराम भट्टराई, खिलराज रेग्मी र सुशील कोइराला सरकारका बेला नयाँ कलेजलाई सम्बन्धन नदिने भनिसकेपछि केयुका उपकुलपतिलगायत पदाधिकारीलाई दबाबमा पारेर उनले आफन्तले चलाएको विराटनगरस्थित विराट मेडिकल कलेजलाई विस्तारित कार्यक्रमका नाममा सम्बन्धन दिइयो। हामीले नयाँ कलेज आउन दिनु हुन्न भनेको होइन, कहाँ चाहिने, कति जनशक्ति चाहिने भन्ने नीति बनाएर मात्र दिऊँ भनेका हौं। केयुका मेरा प्रोफेसर साथीले भन्नुभएको छ, लोकमानजी आफैं गएर धम्की दिएर सम्बन्धन दिन लगाएका हुन्। केयुको कार्यकारी समितिले सुरेशराज शर्माकै पालामा थप कलेजलाई सम्बन्धन नदिने निर्णय गरिसकेको अवस्थामा फेरि विस्तारित कार्यक्रमका नाममा दिइनु दबाबबिनै हो त? विस्तारित कार्यक्रम भन्ने त आफ्नै स्वामित्वको संस्था हुनुपर्छ, केयुमा भन्दा बढी शुल्क लिने,  विश्वविद्यालय वार्षिक शुल्क तिर्नुपर्ने गरी कसरी विस्तारित कार्यक्रम भयो? यो भ्रष्टाचार हो कि होइन?
सिट निर्धारणमा त्यस्तै छ, लोकमानजीकै अर्का आफन्तको कलेजमा एकै पटक ५० सिट बढाइएको छ। ६० जना पढाउने क्षमता नभएको कलेजमा १ सय २८ जना। अख्तियार दुरुपयोग हेर्ने मान्छेकै संरक्षणमा यो अख्तियारको दुरुपयोग होइन?
अर्कोतिर मन्त्रिपरिषद्ले निर्धारण गरेको शुल्कसीमा र म्यारिट भर्ना लागू गर्ने नीति अख्तियारकै संरक्षणका कारण आइओएमले लागू गर्न सकेन। अर्का एक जना पाठक थरका आयुक्त हुनुहुन्छ, उहाँका नातेदारलाई सो कलेजमा भर्ना गराउनकै निम्ति म्यारिट सिस्टम तोडियो। सर्वोच्च अदालतले फैसलासमेत गरेको निर्णय लागू गर्न नदिनु भ्रष्टाचार होइन? यो त 'टिप अफ दी आइसबर्ग' मात्रै हो। अख्तियारले अहिले समानान्तर सत्ता नै चलाइरहेको छ।
तपार्इं आफैं कार्यरत संस्था राम्रोसँग चल्न सकेको छैन, पहिला त्यो बनाए हुने भन्ने प्रश्न पनि उठिरहेको छ नि?
आइओएम सुरुमा एसियाकै सर्वोत्कृष्ट संस्था थियो। जब यहाँ राजनीतिक हस्तक्षेप, कार्यकर्ता भर्ती बढ्यो र राजनीतिको अखडा बन्यो, अनि दुर्गति सुरु भयो। यस्ता प्राज्ञिक संस्थाको मुटु भनेको परीक्षा हुन्छ। २०६६ सालतिर तत्कालीन पदाधिकारीले परीक्षाको प्रश्नपत्र नै पैसा खाएर बेचेको कुरा बाहिर आयो। त्यसैगरी ती पदाधिकारी मनपरी सम्बन्धन दिने पूर्वाधार नपुगेकालाई पनि चिकित्सक उत्पादन गर्न दिने बाटोमा समेत पैसा खाएर लागिपरे। त्यतिबेलै मैले डिन नियुक्ति राजनीतिक हस्तक्षेपमुक्त र वरिष्ठताका आधारमा हुनुपर्ने माग राखेर पहिलो अनशन सुरु गरेको थिएँ। त्यसपछि वरिष्ठताका आधारमा आएकाहरुले संस्थाप्रति बफादारी देखाउन थाले। तत्कालीन डिन डा. प्रकाश सायमीले त संस्थाले धान्न सक्दैन भनेर सम्बन्धन नै दिन्नँ भनिदिनुभयो। त्यसपछि उहाँलाई दबाब दिएर राजीनामा दिन बाध्य पारियो। अहिले डा. राकेशलाई पनि पूर्ण अवधि काम गर्न दिइएन। स्वस्थ प्रतिस्पर्धा गरांै कि नियुक्तिमा वरिष्ठताको आधार होस् भन्ने हाम्रो मुख्य चासो थियो। यसरी आएका डिनहरुले थुपै्र सुधारका काम पनि थालेका छन् तर उहाँहरुलाई काम गर्न नदिइएकाले सोचेअनुसार सुधार देखिएको छैन। राजनीतिक हस्तक्षेप रोक्ने हो भने यो संस्था फेरि उही अवस्थामा पुग्छ।
तपाईं अनशन बसेर, कलेज खोल्न रोकेर विद्यार्थी देशबाहिर जानुपर्ने अवस्था आयो भन्ने आरोप पनि छ नि?
हामीले लडेको गुणस्तरकै लागि हो। नेपालको चिकित्सा शिक्षा जनशक्ति उत्पादनमा कुनै सम्झौता हुनुहुन्न। अहिले पनि बाहिर पढ्न जाने विद्यार्थीका लागि पनि कम्तीमा नेपालमा एउटा साझा प्रवेश परीक्षा लिने व्यवस्था गरांै र त्यो परीक्षा पास भएपछि मात्रै बाहिर जान दिऊँ भन्ने माग छ तर हुनै दिएका छैनन्। यहाँको प्रवेश परीक्षामा कम्तीमा ६० प्रतिशत अंक नल्याईकन बाहिर जान रोकिदिऊँ त कति बाहिर जाँदारहेछन्। अहिले बाहिर जानेमध्ये धेरैजसो यहाँको प्रवेश परीक्षा पास हुन नसकेका र केही मात्रै यहाँ एकमुष्ट महँगो शुल्क बुझाउन नसकेर सस्तोका लागि विदेश गएका हुन्। एउटा गुणस्तर पूरा नगरी विदेश जान रोकिदिउँ्क त कति जाँदा रहेछन्। यो मेडिकल माफियाले चलाएको हल्ला मात्र हो।
अर्कोतिर विद्यार्थी बाहिर गाइरहेका छन् भन्छन् तर यहाँका कलेजमध्ये केहीमा ७० प्रतिशतसम्म विदेशी विद्यार्थी पढ्छन्। हामीले कम्तीमा ७० प्रतिशत नेपाली विद्यार्थीका लागि नेपालका कलेजमा सिट हुनुपर्छ भनिरहँदा पनि नयाँ विधेयक मस्यौदामा पनि ५० प्रतिशत मात्र गरिएको छ। यहाँका कलेजले बढी पैसाका लागि विदेशी विद्यार्थीलाई प्राथमिकता दिँदा पनि यस्तो अवस्था आएको हो। विदेशी विद्यार्थीको प्रवेश परीक्षा पनि लिन नपर्ने र जति पैसा लिए पनि हुने भएकाले भएका कलेजको ध्यान नेपाली विद्यार्थी प्राथमिकता दिनेमा नभएपछि के हुन्छ त?
अरु थुप्रै कलेजमा १०/१५ प्रतिशत सिट खाली रहन्छन्। किन भएका सिटमा नेपालीलाई प्राथमिकता दिइन्न? किन सिट खाली नै छन् त? फेरि त्यसका लागि अर्को बाटो पनि त छ, हामीले कम्तीमा एक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज खोल्नुपर्छ भनेका छौं। त्यसो गरिए प्रदेशको स्वास्थ्य सेवाको अवस्थामा पनि सुधि्रन्छ र अरु थप ५/७ सय विद्यार्थीले पढ्ने अवसर पाउनेछन्।
अस्पतालमा अनशन बसेर बिरामीलाई दुःख भयो भन्ने पनि छन्, अन्यत्रै बस्न मिल्दैन?
मेरो कर्मस्थल यही हो। त्यसैले म अस्पताल परिसरमै अनशन बस्छु। केही खानेकुरा किन्नेबाहेक म बाहिर कतै जान्नँ। म यो संस्थाको हितका लागि पनि बारम्बार लडिरहेको छु। प्रजातन्त्र प्राप्तिका आन्दोलनमा योगदान दिएका हिसाबले पनि यो अस्पताल 'पायनियर' संस्था हो। स्वास्थ्य शिक्षामा भएका हस्तक्षेपको ज्वलन्त उदाहरणको साक्षी पनि यही संस्था हो। त्यसैले त्यही माग राखेर अनशन बस्न पनि यसभन्दा उपयुक्त ठाउँ अन्यत्र कहाँ होला र?
यसपटकको अनशनमा तपाईका सहकर्मीकै साथ छैन र विभाजित छन् भनिन्छ नि?
मेरा साथीहरु कसैको तारो नबनून् भन्नेमा म पनि सचेत छु तर मेरो अनशनको विरोधमा लागेका अधिकांश अहिले मैले कारबाहीको माग गरेकाहरु नै बढी छ। पूर्व भ्रष्ट पदाधिकारी, माफिया र राजनीतिक दलका कार्यकर्ता नै बढी विरोधमा लागेका छन्। अर्कोतिर केही अवरोधमा नलागे पनि अहिले गल्ती नगरेका मान्छेलाई पनि तानीतानी छानबिनका नाममा दुःख दिइरहेको छ। साथीहरुलाई धम्की दिइएको छ। यो अधिकारको दुरुपयोग होइन त?
अनशनमा सरकारी हस्तक्षेप भए के गर्नुहुन्छ?
त्यस्तो हस्तक्षेप भए अलि कठिनाइ महसुस हुनेछ तर प्रतिकूलता हुँदाहुँदै पनि म त्यत्तिकै कटिबद्ध छु। समाचार सुनिराखेको छु, बिथोल्ने तयारी भइरहेको छ रे! यो सबै शक्ति र अधिकारको दुरुपयोग हो। दल, माफिया र अख्तियार आफैं पनि त्यसमा उद्यत भएको सुनेको छु। तर म डग्दिनँ, जस्तोसुकै प्रलय भए पनि मेरो अनशन रोकिन्न।

source:http://www.nagariknews.com/news/1570

मुख्यमन्त्रीको सुविधा निर्धारण गरिँदै

सोमबार, २७ असार २०७३, ०८ : ४७ |  नागरिक

काठमाडौं- सरकारले नयाँ संवैधानिक व्यवस्थाअनुसार प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक एवं सुविधा निर्धारण प्रक्रिया अघि बढाएको छ। मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले संघीयता कार्यान्वयनका लागि अब गठन हुने प्रदेशको मुख्यमन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक, सुविधा र मर्यादाक्रमलगायत विषयमा कानुन निर्माण प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो। सूचना तथा सञ्चारमन्त्री शेरधन राईले दिएको जानकारीअनुसार बैठकले प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक तथा अन्य सुविधासम्बन्धी विधेयक तर्जुमा गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको हो।
बैठकले नेपाल कानुन आयोगको अध्यक्षमा पूर्वमन्त्री तथा सचिव माधवप्रसाद पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। सिँचाइ विभागका महानिर्देशक रामानन्दप्रसाद यादवलाई इन्जिनियरिङ क्लस्टरबाट सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई विशिष्ट स्वास्थ्य सेवा सञ्चालनका लागि २० करोड रुपैयाँ पुँजीगत रकम उपलव्ध गराउने निर्णय गरेको छ। स्वास्थ्यसम्बन्धी यान्त्रिक औजार खरिद गर्न उक्त रकम उपलब्ध गराइएको मन्त्री राईले जानकारी दिए।

source:http://www.nagariknews.com/news/1631

'यो कालाबजारीसँग मिलेको सरकार हो'

बिहिबार, ०९ असार २०७३, १० : ५० |  गुणराज लुइँटेल
AddThis Sharing Buttons

पार्टी सभापति निर्वाचित भएयता नेपाली राजनीतिमा शेरबहादुर देउवा धेरै आक्रोस पोख्दैनन् तर बिस्तारै बोलेको पनि सुनिन थालेको छ । तैपनि कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह नगरेको गुनासो सुनिन्छ । तर, उनी सरकारको यही रवैया रहे संसद अवरुद्ध गर्न पछि नपर्ने बताउँछन् । पछिल्लो पटक सरकार परिवर्तनको खेलमा असफल भएका देउवा तत्काल माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललाई पनि विश्वास गरिहाल्ने पक्षमा छैनन् । तर, नागरिकसँग कुरा गर्नुअघि उनी दाहालसँगै कुरा गरिरहेका थिए । उनले दाहालका सम्बन्धमा भने– ‘प्रचण्डले अस्ति छाडेर गएका हुन् उनलाई कति पत्याउनु ?’ पछिल्ला राजनीतिक घटनाक्रम, कांग्रेसभित्र उनको भूमिका र सरकारसँग सम्बन्धलगायत विषयमा नागरिकका गुणराज लुइँटेल र मणि दाहालले देउवासँग गरेको अन्तर्वार्ता ।

तपाईँ सभापति निर्वाचित भएपछि जुन गतिमा पार्टी अघि बढ्नु पथ्र्यो त्यस्तो नहुनुको कारण के हो ?
त्यसमा केही सत्यता छ । त्यसलाई अस्विकार गर्दिनँ । अन्य विषयमा बढी ध्यान दिनुपरेका कारण यस्तो भएको हो । (अब) केन्द्रीय समितिलाई पूर्णता दिने र विभाग बनाउने विषयमा अघि बढ्छु । पदाधिकारीको मनोनयन गर्न भने अझै केही समय लाग्ने सम्भावना छ ।
 
 पार्टीभित्र सबैले तपाईँलाई सहयोग गरे, तर किन ढिलाइ भएको हो ?
अरु काममा लागियो । ध्यान अन्यत्र गयो । त्यसैले यस्तो भएको हो ।
 प्रतिपक्षीको भूमिकामा पनि कांग्रेस फितलो देखियो नि ?
सदन अवरुद्ध गर्नु नै प्रतिपक्षीको भूमिका हो भने मलाई भन्नु केही छैन । भूकम्पपीडितले केही पाएका छैनन् । यो बर्खामा मानिसले सेल्टर (आवास) पाएका छैनन् । त्यस विषयमा हामी आवाज उठाइरहेका छौं । प्रतिपक्षी दलको रुपमा संसदभित्र हामीले राम्रो काम गरिरहेका छौं । दंगाफसाद हामीले गरेका छैनौं । संसदभित्र कांग्रेस सबैभन्दा सक्रिय छ । बजेट सूचना चुहावटको हामीले विरोध गरेकै हो । हामीले आवाज उठाएपछि सरकारले बाध्य भएर समिति बनाउनु पर्यो ।
 सरकारले राम्रो बजेट ल्यायो तर कांग्रेसले यसअघि विकास निर्माणका लागि धौ फुकाएर खर्च गर्न सकेन । विगतमा कांग्रेसले गरिबमुखी बजेट ल्याउन असफल भएजस्तो लाग्दैन ?  
गरिबमुखी बजेटको कुरा आफ्नो ठाउँमा होला । रकम कांग्रेसले जम्मा गरेको हो नि !
रकम जम्मा गरे पनि कांग्रेस विकास निर्माणमा खर्च गर्न लोभी छ नि !
 हामी रकम जम्मा गर्ने समयमा मात्रै सरकारमा भयौं । खर्च गर्ने समयमा हाम्रो सरकार भएन । त्यसैले यस्तो देखिएको हो । हामी सरकारमा भएको भए हामी पनि यसैगरी खर्च गर्ने थियौं । अझ योभन्दा राम्रोसँग गर्ने थियौं ।
 केपी ओली सरकारले ल्याएको बजेटमा कांग्रेसको चित्त केमा नबुझेको हो ?
सरकारले विपक्षी दलसँग परामर्श नगरी बजेट ल्यायो । कर बाहेकका विषयमा सरकारले विपक्षी दलसँग परामर्श गरी सहमतिमा बजेट ल्याउनु पर्थ्याे।
 कांग्रेस विपक्षी दल भएर पनि किन सरकारसँग भाग खोज्दैछ ?
 यो देशको अर्थतन्त्रको विषय हो । त्यसैले विपक्षीको पनि समर्थन लिएर ल्याउनु पथ्र्यो । यो दूरगामी महत्वको विषय थियो । भोलि अर्थतन्त्र चौपट नहोस्, क्र्यास (दुर्घटना) नहोस् भन्ने हाम्रो कर्तव्य हो ।
 बजेट मात्रै होइन कांग्रेसले राजदूतलगायत अन्य नियुक्तिमा समेत भाग खोज्ने गरेको छैन र ?
 हिजो उनीहरूले पनि भाग खोजेका थिए ।
उसो भए यो हिजोकै निरन्तरता हो ?
 निरन्तरताको कुरा होइन । आफू विपक्षमा हुँदा भाग खोज्ने । हामीले नियुक्त गरेको राजदूत हटाएपछि विरोध गरेका हौं । के भोलि हाम्रो सरकार आयो भने अहिले नियुक्त भएकालाई हटाउने ? त्यस्तो काम गरे राम्रो हुन्छ ?
 राजदूत फिर्ता बोलाएको सन्दर्भमा सरकारका आधिकारिक व्यक्तिसँग विरोध जनाउनु भयो ? प्रधानमन्त्रीको धारणा के थियो ?  
आज सरकारले हाम्रो मानिस हटायो । भोलि हाम्रो सरकार आएपछि हामी पनि हटाउँला ।
 कांग्रेसकै कारण संसदीय सुनुवाइ समिति लामो समयसम्म गठन हुन सकेन नि ?
 हामीले होइन सरकारकै कारण ढिलो भएको हो । ७५ सदस्यमा मानेको भए समस्यै आउने थिएन । अहिलेसम्म सुनुवाइ सकिएर नियुक्ति भैसक्थ्यो । सरकारले आफैं अड्काउने अनि कांग्रेसलाई दोष दिएर उम्किन खोज्ने काम भएको छ । सरकारले न्यायाधीश नियुक्ति होस् भन्ने चाहेकै थिएन । नत्र ७५ सदस्यीय सुनुवाइ समितिमा मानी हाल्थ्यो नि ! हामीले १५ सदस्यमा मानिदिएको पनि सुनुवाइ होस् भन्ने चाहेर हो ।
 नयाँ संविधानले १५ सदस्यीय सुनुवाइ समितिको व्यवस्था गरेको छ भने ७५ सदस्यीय माग गरेर हुन्छ र ?   
 नयाँ संविधान अनुसार गर्नुपर्ने हो भनेर भन्ने को हो ? अरु सबै समिति पुरानैअनुसार हुनुपर्ने अनि सुनुवाइ समिति मात्रै नयाँ संविधानअनुसार हुनुपर्ने किन ? नियुक्त भएको न्यायाधीशलाई किन रोक्ने भनेर हामीले सुनुवाइ समितिमा सरकारले भनेअनुसार बनाउन मानेको हो । त्यसैले हामीले समितिमा ६ सदस्य र पहिलो समितिमा जस्तै सभापति लिएर मानेको हो । सरकार सुनुवाइको पक्षमै थिएन । पक्षमा भएको भए ७५ ले के बिग्रन्थ्यो ? त्यहाँ सबै दलको प्रतिनिधित्व हुन्थ्यो । सबै खुसी हुन्थे । अहिलेसम्म सुनुवाइ भैसकेको हुन्थ्यो । नियुक्त गर्ने तर सुनुवाइ नचाहने सरकार थियो । हामीले सुनुवाइ होस् भन्ने चाहेर त्यस्तो गरेको हो ।
 न्यायाधीश नियुक्तमा पनि आपत्ति व्यक्त गर्नु भयो ? किन यस्तो अवस्था आयो ? अहिले पनि त्यो आपत्ति कायमै छ ?
 
 एक जनाका सम्बन्धमा (आपत्ति) गरेकै हो । नेपाल मात्रै होइन धेरै प्रजातान्त्रिक देशमा यो (व्यवस्था) छ । एउटा पार्टीबाट सभासद् भैसकेको व्यक्तिलाई न्यायाधीश बनाएपछि उसको बफादारिता कता हुन्छ ? राजनीतिक पदमा पुगिसकेको व्यक्तिका कारण त्यो समस्या आउने भयो ।
 
 विशेषज्ञका रुपमा सांसदमा लगेको भन्ने स्पष्टीकरण तपाईंले सुन्नु भएन ?
विशेषज्ञका रुपमा सरकारका तर्फबाट ल्याएको भए हुने थियो किन पार्टीका तर्फबाट प्रतिनिधित्व गराएको ?
 सबै दलले न्यायालयमा राजनीति गरेका छन् ? अचेल कुन दलबाट कुन न्यायाधीश नियुक्त भए भनेर तोकेर चिन्ने चिनाउने गरिन्छ भन्ने तपाईंलाई थाहै होला ।  
हामीले गरेको छैन । हिजो कसले कहाँ भोट हाल्यो त्यो अर्को विषय हो । तर न्यायाधीश हुने व्यक्ति क्षमतावान र इमानदार हुनुप¥यो । हामीले उठाउँदै आएको विषय त्यति मात्रै हो । कांग्रेस कानुनी शासनमा विश्वास गर्ने पार्टी हो । हिजो कांग्रेसमा काम गरेको थियो भनेर न्यायाधीशले हत्यारालाई छोड्न मिल्दैन होला ? यसअघि नियुक्त गरिएका न्यायाधीशहरूले एमालेको पार्टी कार्यालयमै पुगेर सपथ ग्रहण गरेका छन् । पार्टीका लागि जे पनि गर्छु भनेका छन् । पार्टीका लागि काम गर्छु भनिन्छ भने न्यायालय निष्पक्ष हुन्छ ?
 कांग्रेसले पनि त्यो प्रवृत्तिको खुलेर विरोध गरेन नि !
हामीले त्यतिबेलै विरोध गरेका थियौँ । उनीहरूलाई हटाइ पनि सकियो । उनीहरूको म्याद थपिएन । यो कुरा खराब हो र त्यस्तो नदोहोरियोस् भन्ने चिन्ता हो । न्यायाधीश सपथग्रहण गर्ने बित्तिकै अर्कोले फेरि त्यसरी पार्टी कार्यालयमा सपथग्रहण नगरोस् भन्ने हो ।
 
 तपाईंले पार्टीको नेतृत्व लिएपछि राखेका सबै अडान फेर्नुपर्ने अवस्था आयो ? फास्ट ट्र्याकको सम्झौता खारेज गर्नु हुँदैन भन्ने विषय सहितका मुद्दामा तपाईंका अभिव्यक्ति हेर्दा यस्तो लाग्दैन ?  
फास्ट ट्र्याकको सम्झौता खारेज गर्नु हुँदैन भनेर बोलेको छैन । वार्ताका आधारमा त्यस्तो गर्नुपर्छ भन्ने हो । भोलि यो विषयमा मुद्दा पर्छ पर्छ । यसमा क्षतिपूर्ति तिर्नुपर्ने अवस्था आयो भने के गर्ने ? नेपालले भोलि १० अर्बसम्म क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ । मैले संसदमा पनि यो कुरा बोलेको छु । यो राष्ट्रहितमा छैन भने वार्तामार्फत् रद्द गर्न पाइन्छ । महँगो हामी तिर्न सक्दैनौँ । मैले सदनमा पनि त्यही बोलेको छु । हुनुपर्ने पनि त्यही हो । भोलि पनि त्यही गर्नुपर्छ, नभए मुद्दा पर्छ । त्यो कसरी खराब कुरा भयो ? भनेको यही हो तर त्यसलाई बङ्ग्याइयो । के गरौँ ? संसदको अभिलेखमा यो कुरा छ ।
 कांग्रेस एकपछि अर्को गर्दै अडान लिन्छ तर टुंगोमा पुगेको देखिँदैन ? बजेट, सुनुवाइ समितिलगायत विषयमा यस्तै देखिएको छ ? सरकार परिवर्तनको विषयमा पनि सफल हुनसक्नु भएन ?
 पुष्पकमल दाहाल स्वयंले आएर मलाई भन्नु भएको हो – अहिलेको सरकारबाट अलग्गिन्छौं । म विपक्षी पार्टीको मानिसले सरकार बचाउनु पर्छ भन्ने होइन । उहाँले आफैं प्रधानमन्त्री बन्ने कुरा गर्नुभयो मैले ठिक छ भनेको हो । म प्रधानमन्त्री बन्न खोजेको पनि थिइनँ ।
 तपाईं प्रधानमन्त्री बन्न कत्ति पनि तयार हुनु भएन ?
मेरो बहुमत थिएन, माओवादीको समर्थन चाहिन्थ्यो । उहाँ (दाहाल)ले मै बन्छु भनेपछि हुन्छ भनेको हुँ ।
 तर यसलाई मानिसले तपाईंको असफलता रुपमा चित्रण गरेका छन् ? धेरैलाई बुझाउन नसक्नु भएको हो ?
दाहालले सरकार फेरौँ भन्नुभयो । प्रधानमन्त्री मै बन्छु भन्नुभयो । मैले हुन्छ भनेको हुँ । तर उहाँ पछि फर्किनु भयो । किन त्यस्तो भयो बुझ्न सकेको छैन । मैले उहाँलाई सोधे पनि भन्न हिचकिचाइ रहनु भएको छ ।
 पछि फर्कनुमा दाहालमाथि कसैको दबाब परेको हो ?
कोही के भन्छन्, कोही के भन्छन् । मैले उहाँसँग सोध्न पाएको छैन ।
 यो सरकारका मन्त्रीहरूले संविधानको प्रमुख विशेषताविरुद्ध सडक आन्दोलन सुरु गरेका छन् । यस विषयमा कांग्रेसको धारणा के हो ?
अहिलेको सरकारमा ६ जना उपप्रधानमन्त्री छन् । एउटै मन्त्रिमण्डलमा उनीहरू अतिवादी धारणा राख्नेहरू छन् । केही संघीयता देख्न नसक्ने छन्, केही गणतन्त्रविरोधी छन्, राजतन्त्र चाहिने भन्ने पनि त्यहीँ छन् । यो विचित्रको सरकार छ । यो तीन÷चार तिर फर्केको सरकार हो ।
 कांग्रेसले यो विषयलाई गम्भीरताका साथ नउठाई खाली विरोधका लागि विरोध गरेको जस्तो मात्रै देखियो त ?
हामी यसमा निरन्तर विरोध गर्छौं । तर हामीले कुनै व्यक्तिलाई लखेट्ने होइन । यो सैद्धान्तिक विषय हो ।
 गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका विषयमा समेत कांग्रेसकै नेताहरूको पनि यस्तो फरक–फरक धारणा देखिएको छ नि !
हाम्रो पार्टीमा औपचारिक निर्णय गरिसकेका छौं । हामी गणतन्त्रमा गइसकेका छौं । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा नै उहाँले संविधानसभामा राखेको प्रस्ताव पारित भएको हो । कांग्रेस यो विषय (गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता)मा पछि फर्किने सम्भावना छैन । केही नेताहरूले ‘जनताले चाहेमा’ भन्ने कुरा गर्नु भएको हो । हाम्रोमा खासै समस्या छैन ।
 केही विषयमा पुनर्विचार गर्नुपर्छ भन्ने नेताहरू कांग्रेसमा छन् नि ?
गणतन्त्रबारे कसैको धारणा त्यस्तो छ जस्तो मलाई लाग्दैन । तर केही नेताहरूले हिन्दू धर्मबारे पुनर्विचार गर्नुपर्छ भन्नु भएको छ । खुमबहादुरजी नै हुनुहुन्छ । कतिपय साथीहरूको धारणा हिन्दु राष्ट्र नै हुनुपर्छ भन्ने छ ।
 संविधान जारी हुनुअघि तपार्इं र पुष्पकमल दाहाल भारत जाँदा पनि धर्मसम्बधमा केही प्रतिबद्धता व्यक्त गरेर आउनु भएको भन्ने छ । वर्तमान उपप्रधानमन्त्री कमल थापाले दिल्लीमा के के प्रतिबद्धता गरेर आउनु भयो त्यो पूरा नभएकाले समस्या भएको हो भन्नु भएको पनि चर्चामा आएको थियो नि ?
खासगरी गरी हिन्दुवादी पार्टीहरूसँग हिन्दुराष्ट्र राख्न गाह्रो छ । तर धर्म निरपेक्षतासम्म हटाउन सकिन्छ भनेको हो । त्यसमाथि पनि संविधानसभामा हाम्रो पार्टीको दुई तिहाइ बहुमत छैन भनेकै हो । तर त्यसका लागि हाम्रो प्रयास पनि भएको हो । त्यही बोलेको हो । धार्मिक स्वतन्त्रताको कुरा गरेको हो । धर्मनिरपेक्षताको व्याख्या अनेकन भैरहेको छ । धर्मनिरपेक्षतालाई इसाइकरणका रुपमा बुझिएको छ ।
 
 संविधानको पूर्ण कार्यान्वयनका लागि नेपाली कांग्रेसको कार्ययोजना कस्तो छ ?
संविधानको पूर्ण कार्यान्वयनका लागि तीन निकाय– स्थानीय, प्रान्तीय र प्रतिनिधिसभाको चुनाव हुनै पर्छ । सरकारले बिना परामर्श र तयारी निर्वाचन कार्ययोजना ल्याएको छ । त्यसमा बदमासी छ । आफैँले स्थानीय निकाय निर्वाचन मंसिरमा गर्ने घोषणा गर्छ, आफैँ फागुनसम्म समय तोकेर स्थानीय निकाय पुनर्संरचना आयोग गठन गर्छ । त्यसैले यो सरकारको चुनाव गर्ने नियत नै छैन ।
सरकारको संविधान कार्यान्वयन गर्ने र अलमल्याउने कार्यलाई मिडियाहरूले उजागर गरिदिनु पर्छ । मिडिया सरकारविरुद्ध केही बोल्दै बोल्दैन । कांग्रेसविरुद्ध मिडिया जति पनि बोल्न सक्छ ।
 त्यति हुँदाहुँदै पनि सरकारले चुनाव गरायो भने कांग्रेस सहभागी हुन्छ ?
 
मैले भनि सकेँ नि सरकारले यो विषयमा बदमासी गरेको छ भनेर । चुनाव गराउने कुनै नियत नै छैन । स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवदेन आएपछि के गर्छ ? तीन महिनापछि स्थानीय निकायको अर्को चुनाव गराउँछ ? मंसिर, पुस, माघ, फागुनका लागि मात्रै चुनाव गराउँछ ? यो विषय हामी छाड्दैनौं । संसदमा हामी यो कुरा उठाउँछौं ।
यो सरकारले हाम्रा दुई छिमेकी देशसँगको सम्बन्ध कस्तो बनाइराखेको छ भन्ने लाग्छ ?
यस विषयमा मलाई धेरै कुरा थाहा छैन । भारतसँग राम्रो सम्बन्ध राख्नु नेपालको राष्ट्रिय हितमा छ । भारत र चीन दुवै देशसँग राम्रो सम्बन्ध राख्नु हाम्रो राष्ट्रिय हितमा छ । एक अर्कोविरुद्ध खेल्ने कुरा छैन । त्यसले नेपाललाई नै अहित गर्छ ।
 भारतले लगाएको नाकाबन्दीलाई पृष्ठभूमिमा राखेर हेर्दा सम्बन्ध सुधार हुँदै गएको हो ?
 नाकाबन्दी खुलेको छ । भारतसँग सम्बन्ध राम्रो हुँदै गएको देखेको छु ।
तपाईं पत्नी आरजु देउवाको उपचार क्रममा भर्खर मात्रै भारत जानु भएको थियो । त्यसबेला भारतीय नेताहरूको के धारणा पाउनु भयो ?
 मैले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटेको हो । उहाँसँग लामो कुराकानी भएको थियो । नेपालप्रति भारतको दृष्टिकोण राम्रै छ ।
 मधेसका समस्या यति लामो समय हुँदा पनि समाधान हुन सकेको छैन नी !
मधेसको समस्या समाधान गर्न कांग्रेसले उनीहरूसँग आफैँ वार्ता गर्छ ।
 
सीमांकनको विषय प्रमुख रुपमा रहेको छ ? यसमा कांग्रेसले के गर्छ ?
सीमांकन र नागरिकताको विषयमा कुरा बाँकी छ । हामी लचिलो हुन तयार छौं । के कति लचिलो हुने हो वार्तामा बसेपछि हुन्छ ।
सीमांकन परिवर्तनमा जान सकिन्छ भन्ने हो ?
 यस विषयमा कुरा गर्न सकिन्छ । कसैले पनि शतप्रतिशत आफ्नो मात्र होस् भन्ने कुरा गर्नु हुँदैन । उहाँहरूले पनि भन्नु हुँदैन, हामी पनि भन्ने छैनौं ।
 
वास्तु नमिलेको कारण पार्टीको कार्यालय नजानु भएको भनिँदैछ ?
 
 यो सबै झुटो हो । केही कोठा नमिलेको कारण मात्रै बनाउन लगाएको हो । ज्योतिषीले भनेर होइन आफैँले गराएको हो । पहिले बस्न खोजेको कोठामै बस्न खोजेको हो मैले, साथीहरूले लिने कुरा गर्नु भएको छ ।
 तपाईंलाई कर्ममा भन्दा बढी भाग्यमा विश्वास गर्ने नेता भनिन्छ ?
 
त्यो मलाई थाहा छैन । काम गरेको छैन भन्नु भएको हो भने छ मैले काम गरेको । ८–१० वर्ष जेल परेकै हो, दुःख गरेकै हो । धेरै संघर्ष गरेर यहाँसम्म आइपुगेको मानिस हुँ । सरकार र पार्टी चलाउने अनुभव प्राप्त गरिसकेको व्यक्ति हुँ ।
 सरकारबारे तपाईंको मूल्यांकन के हो ?
यो कालाबजारीसँग मिलेको सरकार हो । हाम्रो अधिवेशनमा लागेको समयमा यो सरकारले कालाबजारी गर्ने विरुद्धको कारबाही १० वर्षबाट घटाएर १ वर्षमा झार्यो र हामी नभएको समयमा पास गरिदियो ।
अरु ऐनहरूमा पनि असन्तुष्टि व्यक्त गर्दै आउनु भएको छ ?
शिक्षा ऐनमा पनि केही गल्ती भयो । अहिलेको ऐनमा निजी स्कुल खोल्न नपाउने व्यवस्था गर्ने छ । वास्तवमै यो हामीबाट गल्ती भएको हो । त्यस विषयमा हाम्रो साथीहरूलाई र मलाई पनि थाहा भएन । यस्तो व्यवस्था गर्नु हुँदैनथ्यो । निजी क्षेत्रबाट हुने लगानी रोक्नु हुँदेन । भोलि नेपालीहरूले सन्तान देहरादून, दार्जीलिङ पठाउने ? स्वदेशी वा विदेशीले राम्रो स्कुल खोल्न चाहे भने खोल्न दिनुपर्छ । कसैले अहिलेभन्दा राम्रो स्कुल खोल्न चाहन्छ भने दिनु पर्छ । त्यसले विदेशमा जाने पैसा रोक्छ । ऐनमा भएको गल्ती सुधार्न सकिन्छ ।
 सरकारले ल्याएको अनलाइन निर्देशिकामा कांग्रेसको धारणा के हो ?
 
 हामी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छौं । जुन प्रकारको निर्देशिका जारी गरिएको भनिएको छ, त्यो कार्यान्वयनमा आउनु हुँदैन । हामी यस विषयमा थप अध्ययन गर्दै छौं ।
 बाफियाबारे कांग्रेसको धारणा के हो ?
 हामी सञ्चालक दुई कार्यकाल मात्र हुनुपर्छ भन्ने पक्षमा छौं । बाफिया फिर्ता भयो । हामी कुनै पनि अप्रजातान्त्रिक कुरा मान्दैनौं । त्यस्तो भए संसद चल्दै दिन्नौं हामी ।
प्रधानमन्त्रीका रुपमा केपी ओलीको भूमिकालाई कसरी हेर्नु भएको छ ?
 ओलीले उखान टुक्का बाहेक केही गर्नु भएको छैन । नहुने नहुने कुरा बोल्नु भएको छ । अब रेल ल्याउँछु भन्नु भएको छ । खेलौना (टोय) रेल बनाए मात्रै हो । तेल ल्याउँछु, ग्यास घरघरमा ल्याउँछु भन्नु भएको छ । कालोबजारी नियन्त्रण गर्न सकेको छैन ल्याउँछन् ग्यास !
 चुनाव हुन्जेलसम्म अब कांग्रेसको योजना के छ ?
विपक्षीको भूमिका जे हो हामी त्यही गर्छाैं ।
 
 यस्तो सरकार हटाउन कांग्रेस लाग्ने छैन अब ?
 अहिले यो हाम्रो अजेण्डा छैन ।
 
मौका आयो भने छाड्नु हुन्छ ?
सरकारकै दलहरूबीच हेरौँ न के हुन्छ ? बजेट पारित भएपछि परिवर्तन गर्ने भन्ने माओवादी – एमाले सहमति भएको भनिएको छ । त्यसबीचमा कहाँ म घुस्नु ? प्रचण्डले अस्ति छाडेर गएका हुन् उनलाई कति पत्याउनु ? तर यो सरकार आफ्नै बोझले ढल्छ ।

source:http://www.nagariknews.com/news/507

नक्कली सुन कारोबारमा पक्राउ

आइतबार, २६ असार २०७३, १७ : २७ |  नागरिक

दोलखा- नक्कली सुन सहित जिल्ला प्रहरी कार्यलय दोलखाले चार जनालाई पक्राउ गरेको छ। नक्कली एक किलो सुन देखाई रु १५ लाख ठगी गर्ने सिन्धुपाल्चोकका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो। सिन्धुपाल्चोक गाती– ७ का दावा ग्याल्जेन शेर्पा र गोपाल श्रेष्ठ, बाह्रबिसे –४ का कृष्ण श्रेष्ठ र भुवन श्रेष्ठलाई प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सोही घटनामा थप चार देखि पाँचजना फरार छन्। गत वैशाख २१ गते भीमेश्वर नगरपालिका –७, जिलु घर भई हाल भीमेश्वर नगरपालिका– १ बसपार्कमा फेन्सी व्यवसाय गरी बसेकी मेनुका चौलागाईंलाई प्रलोभनमा पारी अभियुक्ते रु १५ लाख ठगी गरेको दोलखा प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिए।
प्रहरीले उनीहरुलाई गत शुक्रबार पक्राउ गरी दोलखा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको छ। अभियुक्त सङ्गठित सुन तस्करीमा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ। पक्राउ परेकाहरुविरुद्ध सङ्गठित ठगीको महल अनुसार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। रासस

source:http://www.nagariknews.com/news/1618

विकृतिविरुद्ध केसीको आठौं प्रहार

सोमबार, २७ असार २०७३, ०८ : २५ |  दीपक दाहाल
AddThis Sharing Buttons

काठमाडौं- त्रिवि शिक्षण अस्पताल, इएनटी विभागको तेस्रो तला। मुस्किलले एउटा बेड अट्ने कोठा छ। सानो झ्यालबाट राम्ररी हावा 'पास' हुँदैन। श्वास फेर्नै हम्मे पर्लाजस्तो। गर्मीले कोठै हप्प छ। पंखा चलाउँ्क, बत्ती छैन। आगन्तुक आए बस्ने ठाउँसम्म पुग्दैन। उनीहरू ढोकैबाट अभिवादन गर्दै फर्किरहेछन्।
कोठाको कुनामा बडो शान्त मुद्रामा बसिरहेछन्, डा. गोविन्द केसी। यो असुविधाको रत्तिभर चिन्ता देखिँदैन मुहारमा। बरु चिकित्साशिक्षा सुधार अभियानलाई टुंगोमै पुर्या एर छाड्ने अठोट झन्झन् प्रबल भइरहेझैं देखिन्छ। वरिष्ठ हाडजोर्नी विशेषज्ञ केसीले आइतबार चिकित्साशिक्षामा व्याप्त विकृतिविरुद्ध आठौं आमरण अनशन सुरु गरेका छन्।
सोही कक्षको ठिक बाहिरपट्टि शुभेच्छुक र पत्रकारको उपस्थितिले प्यासेज पूरै खचाखच छ। भवन परिसरमा एकातिर समर्थनमा त अर्कातिर विरोधमा प्रदर्शन भइरहेछ।
यसअघि सातपटक गरी ६६ दिन आमरण अनशन बसिसकेका केसीले यसपालि अख्तियारप्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोगसहितका माग अघि सारेका छन्। अस्पताल प्रशासनले अख्तियार निर्देशनमा केसीलाई सबै खालका अवरोध गरे पनि उनी अनशन बसिछाडे। अस्पताल प्रशासनले कुनै पनि हालतमा अनशनमा नसघाउन प्राध्यापक, विद्यार्थी कर्मचारीलाई सूचना नै जारी गरेको थियो। आइओएम स्रोतका अनुसार यसअघिका अनशनमा सघाएका चिकित्सक बोलाएर अख्तियार कर्मचारीले यसपालि सघाए नराम्रो परिस्थिति आइपर्ने भन्दै धम्क्याएका छन्। 
आइओएम निमित्त डिन डा. विमल सिन्हा र अस्पताल निर्देशक डा. दीपक महराको ठाडो निर्देशनमा यसअघि केसीले पत्रकार सम्मेलन गर्न र अनशन बस्न प्रयोग गर्दै आएका कोठामा ताला लगाइएपछि उनले प्राध्यापकका रूपमा उपलब्ध गराइएको सानो कोठामै अनशन थालेका हुन् ।
केसीलाई अनशन बस्न नदिन केही वरिष्ठ चिकित्सक नै लागिपरेका थिए। तर, ठूलो संख्यामा उपस्थिति विद्यार्थी, शुभेच्छुक र सर्वसाधारणले उनलाई तोकिएकै समयमा अनशनस्थल पुर्याेए। 
आइओएममा डिन बनेको केही दिनमै केसीको अनशनपछि बर्खास्त भएका डा. शशि शर्मा, कारबाही माग गरिएका पूर्व क्याम्पसप्रमुख डा. रामप्रसाद उप्रेती, डा. प्रेम खड्का अनशनविरोधी प्रदर्शनलाई सघाइरहेका थिए। केसीले कारबाही माग गर्दै आएका पूर्वडिन डा. अरुण सायमी, पूर्व निमित्त निर्देशक डा.रतीन्द्र श्रेष्ठ पनि अनशनविरोधी कित्तामा उभिए। 
पाँचौं अनशनमा दलबलसहित नाराबाजीमा उत्रिएका मनमोहन कलेजका कम्पनी सचिव रामप्रसाद अधिकारीले ब्यानरसहित उपस्थित अनशनविरोधी समूहको नेतृत्व गरेका थिए। तर, बिस्तारै केसी समर्थक विद्यार्थी र शुभेच्छुकको संख्या बढ्दै गएपछि उनीहरू केही बेर नाराबाजी गरेर हिँडे। अस्पताल परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित थिए। 
यसअघिको अनशनकक्षमा लगाइएको ताला विद्यार्थीले तोड्न खोज्दा डा. केसीले नै रोके। अस्पतालमा अनशन बस्न नदिन राज्यशक्ति दुरुपयोग भएको औंल्याउँदै उनले आफू जहाँसुकै बसेर लडाइँ लड्न तयार भएकाले ठाउँले फरक नपर्ने बताए। 
'मेरो सबैथोक यही संस्था हो,' उनले भने, 'चिकित्साशिक्षामा भएका सबैभन्दा बढी प्रहार खेपेको संस्था यही हो, त्यसैले अनशन बस्न यसभन्दा उपयुक्त ठाउँ अन्त हुन्न,' उनले भने। 
अवरोधकै बीच पुगेका शुभेच्छुकले केसीलाई आफूहरू साथमा रहेको भन्दै उनको हौसला बढाए। मानवअधिकारवादी चरण प्रसाई, कपिल श्रेष्ठ, कांग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा, नेविसंघ नेता कुन्दन काफ्ले, डिल्ली आचार्यलगायतले अनशनस्थल पुगेर केसीका मागमा समर्थन जनाएका थिए। मानवअधिकारवादी श्रेष्ठले अख्तियारको अत्याचारविरुद्ध सबै बोल्न डराइरहेको अवस्थामा केसीले आँट गरेको भन्दै प्रशंसा गरे। 'बिरालोको घाँटीमा घण्टी कस्ले बाँध्ने भनेजस्तै थियो, तपाईंले नै बाँध्नुभयो, अब तपाईंलाई लाखौं जनताको समर्थन हुन्छ,' उनले भने, 'हामी पनि रिले अनशनमार्फत सहयोग गर्छौं।' 
केसी अनशन सुरु गर्नुअघि पत्रकारसम्मेलनमा उपस्थित भए। प्रधानमन्त्रीले आइतबारै वार्ताका लागि बोलाए पनि आफू नगएको उनले सुनाए। अल्टिमेटमको दुई सातासम्म चासो नदेखाएको सरकारले अन्तिम समयमा हतोत्साही बनाउन खोजेको केसीको आरोप छ। 'यति दिनसम्म के हेरेर बसेका थिए, अनशनका लागि तयारी गरिसकेको मान्छे इनर्जी लस गर्न मात्रै किन जानु?,' उनले भने, 'अख्तियारका नाममा अहिले आइओएममा आतंक फैलाउँदा के हेरेर बसेका छन्?'
प्रधानमन्त्री भेट्न गएका चिकित्सक र विद्यार्थी नफर्किंदासम्म पत्रकारसम्मेलन केही ढिला गरिएको थियो। भेटमा सहभागीका अनुसार प्रधानमन्त्री ओलीले सकिने माग अनशन नबसे पनि पूरा गर्ने, नसकिने माग अनशन बसे पनि पूरा गर्न नसक्ने बताएका थिए। प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री कठोर भए नराम्रो अवस्था आउन सक्ने भन्दै सम्झाउन प्रयास गरे। भेटमा स्वास्थ्यमन्त्री रामजनम चौधरी, कानुनमन्त्री अग्नि खरेलले चिकित्साशिक्षा विधेयकको मस्यौदा प्रक्रियामा रहेको र महाभियोगबाहेकका सबै माग सम्बोधन हुन सक्ने बताएका थिए।
केसीले भने अहिले पनि महाभियोगलाई मात्रै हेरेर सरकार महŒवपूर्ण मागबाट पन्छिन खोजेको आरोप लगाए। अहिले चिकित्साशिक्षा ऐन बन्ने समयमा मेडिकल शिक्षामा ठूलो कायापलट हुने अवसर रहे पनि पूरा हुन नदिन षड्यन्त्र भइरहेको सुनाए।
उनले सरकारले मन्त्रिपरिषद् पुर्यािइसकेको चिकित्साशिक्षा ऐनको मस्यौदामा चिकित्सा शिक्षासम्बन्धी त्रिवि पूर्व उपकुलपति केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनले औंल्याएका महŒवपूर्ण बुँदा नै छुटेको भन्दै थप गर्न पहिलो माग राखेका छन्। ऐनमा सरकारी मेडिकल कलेजमा सबै सिट निःशुल्क गर्नुपर्ने, सबै प्रदेशमा एक मेडिकल कलेज खोल्ने, काठमाडौं उपत्यकामा आउँदो १० वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने र मनसायपत्र पाएकाहरूको मनसायपत्र नवीकरण गर्न नहुने माग पनि छन्। त्यसै  गरी मन्त्रिपरिषद्को पुरानो निर्णयका आधारमा तीन वर्षभित्र अधिकतम १०० सिट गर्ने र शुल्क तोक्ने विषय व्यवस्थित पार्नुपर्ने, हाल विश्वविद्यालय र प्रतिष्ठानपिच्छे प्रवेशपरीक्षा हुने गरेकामा तत्काल साझा प्रवेशपरीक्षाको व्यवस्था गर्न माग छ। 
केसीले आफ्नो र आफन्तको निहित व्यापारिक स्वार्थका लागि मेरिट भर्ना र निश्चित शुल्कमा भर्नालगायत समग्र सुधार प्रक्रिया अवरुद्ध पारेका र भ्रष्टहरूलाई संरक्षण दिएको भन्दै अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाभियोग माग गरेका छन्। कार्की र आयुक्त राजनारायण पाठक दुवैले जिम्मेवार पदाधिकारीलाई ब्ल्याकमेलिङ गरेर राजीनामासमेत गर्न बाध्य पारेको तथा कार्यक्षेत्र नाघेर काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गर्न लगाएको केसीको आरोप छ। 
त्यसै गरी डा. केसीले माथेमा प्रतिवेदनको सुझावविपरीत काठमाडौंमा खोल्ने भनेर प्रस्तावित प्रतिष्ठान (मनमोहन) सम्बन्धी हाल संसद्मा विचाराधीन विधेयक तत्काल फिर्ता गर्नसमेत माग गरेका छन्। विगतमा विभन्न समयमा भएका सम्झौताअनुसार चिकित्सा शास्त्र अध्ययन संस्थानमा वरिष्ठताका आधारमा डिन नियुक्ति, आगामी शैक्षिक सत्रदेखि मेरिटमा आधारित भर्ना, शुल्क र सिट सीमालगायत बुँदा कडाइकासाथ कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ। विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्न शिक्षामन्त्रीको सट्टा दलीय सम्बद्धता नभएका विज्ञको नेतृत्वमा सर्च कमिटी बनाउनुपर्ने, आइओएम पूर्वपदाधिकारीमाथि तत्काल छानबिन र कारबाही अघि बढाउनुपर्ने माग पनि केसीको छ। 

source:http://www.nagariknews.com/news/1626