मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिको रूपमा सत्कार पाइएला। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। मनग्य धनलाभ हुनेछ। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) हिम्मतले काम बनाउन सकिनेछ। यस अघिको उपलब्धिले काममा उत्साह जगाउनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ भने प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। पहिले दुश्मनी गर्नेहरूले समेत मित्रताका हात अघि बढाउलान्। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) अध्ययनमा पछि परिनेछ भने व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। स्वास्थ्यमा देखिएको कमजोरीले आँटेका काममा बाधा उत्पन्न होला। पछिका लागि फाइदा हुने भए पनि सोचेको परिणाम तत्काल प्राप्त नहुन सक्छ। नयाँ योजना प्रारम्भ गर्न मुस्किल पर्ला। अप्रिय समाचारले मन दुःखी बनाउन सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) बेसुरमा गरिएका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। श्रम गरीकन उचित मूल्य प्राप्त नहुन सक्छ। आश्वासन बाँड्नेहरूको भरपर्दा दु:ख पाइनेछ। परिस्थितिले अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ। घर–गृहस्थीमा समस्या आउने देखिन्छ। सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) प्रशस्त धन आर्जन गर्ने मौका छ। केही समय पर्खिएर अघि बढ्दा फाइदा हुने देखिन्छ। उद्योग र व्यापारमा विशेष फाइदा होला। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ। कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) समयमा आँट गर्न नसक्दा फाइदा कममात्र हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। आफ्ना कामजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिएलान् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) धेरै फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउला। विभिन्न अवसर आए पनि हठात् निर्णय गर्दा पहिलेकै काम दोहोर्याउनुपर्ने हुन सक्छ। अध्ययनमा समय दिन नसकिएला। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) समयमा होश नपुग्नाले फजुल खर्च बढ्नेछ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति लाभ उठाउन नसकिएला। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्ला। सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ। मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) बिस्तारै अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्दा न्यून सफलता मिल्नेछ। सहयोगी जुटाउन नसकिएला। आँटेका काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। तापनि प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुन सक्छ। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। गोपनीयता बाहिरिनाले पनि केही समस्या पर्न सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। सानातिना काममा अल्झनुपर्दा काममा अवरोध आउला। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। तत्काल लाभ नभए पनि मेहनत गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। आफू विरुद्धको रहस्य बाहिर आउनेछ। - See
Thursday, February 16, 2017
अमेरिका हिँडेका तीन सय भन्दा बढी नेपाली मेक्सिकोमै रोकिए
फाल्गुन ५, २०७३- अमेरिका प्रवेशको आशमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौ लगाएर मेक्सिको पुगेका तीनसय भन्दा बढी नेपाली अमेरिकी र मेक्सिकोको सीमामा अड्किएका छन् । अमेरिकास्थित नेपाली दूतावासलाई प्राप्त जानकारी अनुसार मानव तस्करहरुको पछि लागेर उनीहरु २३ महिनासम्म समय लगाएर त्यहाँ आइपुगेका हुन् । सामान्य पढेलेखेकादेखि स्नातकोत्तर गरेकासम्मले अमेरिका आउन त्यस्तो बाटो रोजेका हुन् । उनीहरुले न्युनतम ४० देखि अधिकतम ७५ लाखसम्म खर्चेका छन् । आरम्भमा २० देखि २५ भनिने तर बाटोमा थप रकम माग्दै जानले लागत रकम बढ्ने गरेको हो । कान्तिपुरबाट साभार गरिएको |
त्रिभुवन विश्व विद्यालयबाट स्तानकोत्तर गरेका तुल्सिपुर दाङका सुलभ भट्टराईले आफ्नो नाम सबै स्थानमा परिवर्तन गरेर आएको जानकारी दिए । उनले नागरिकतादेखि विद्यालय सर्टिफिकेटमा समेत नाम परिवर्तन गरेका छन् । उनी अमेरिका प्रवेश गरेको चार साता भइसकेको भए पनि उनकै टोलीमा रहेका कैयनले अमेरिका प्रवेश गर्न पाएका छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा कडाई र आप्रवासीप्रति कडा नीति लिएपछि नेपाली र अन्य मुलुकका त्यसरी गैरकानुनी रुपमा प्रवेशी गर्न चाहनेहरुलाई असहज भएको हो । भट्टराईले असहज अवस्थाबारे वासिङटन डीसीस्थित नेपाली दूतावासलाई जानकारी गराएका छन् डीसीस्थित नेपाली दूतावासमा पनि मेक्सिकोमा नेपालीहरु अलपत्र परेको खवर आएको छ । यद्यपी ति नेपालीहरु महिनौ लगाएर आएका हुनाले अलपत्र पनि कसरी भन्नु भन्दै उनीहरुको बारेमा जानकारी लिने काम भइरहेको दूतावासका एक अधिकारले जनाए । मेक्सिकोको जेलमा परेका छन् कि भनेर दूतावासले मेक्सिकोको सरकारलाई पत्राचार गर्दा त्यहाँको जेलमा कुनै पनि नेपाली नरहेको पत्र दूतावासलाई आएको छ । ‘डीसीमा रहेको मेक्सिकोको दूतावासले यसै साता दिएको पत्रमा कोही पनि नेपाली मेक्सिकोका जेलमा छैनन भनिएको छ,’ ति अधिकारीले भने ।
पछिल्लो समय अमेरिकाको विभिन्न राज्यको जेलमा नै २३ जना नेपाली रहेको दुतावास स्रोतले बताए । अन्य कारणबाट अरु नेपाली पनि हुनसक्छ तर पछिल्लो समय कागजपत्र नभएकाहरु यसरी अमेरिकी जेलमा रहेका हुन् । विना भिसाअमेरिका बसेको कारण उनीहरु जेलमा रहेको कतिपयले केश गर्दै स्वदेश फर्कन अस्वीकार गरेकाले अमेरिकन अध्यागमनले उनीहरुको बारेमा बुझ्ने काम गरिरहेको ति अधिकारीले बताए । कुनैपनि खाले अपराधमा नरहेकालाई अमेरिकी अध्यागमनले खासै चासो राख्दैन । तर, अहिले भने युरोपमा झैं अमेरिकी प्रहरीले सोधी खोजी गर्ने र कागजपत्र नभएकालाई फर्काउने नीति अख्तियार गर्न थालेको छ ।
‘बुझेकै नेपाली पनि यसरी आएका छन् भन्ने सुनेको छु । समस्यामा परेको नेपालीलाई उद्दार गर्ने हो । आउने नेपालीहरु नै यसलाई समस्याको रुपमा मान्दैनन् । अवैधानिक रुपमा आएकाहरुको खोजी गर्ने र बुझ्ने काम गरिरहेका छौ,’ राजदूत डा. अर्जुनकुमार कार्कीले कान्तिपुरसंग भने, ‘हामीले दक्षिण अमेरिकी मुलुक र अमेरिकासंग पनि सम्पर्क गरेर नेपालीको अवस्था बुझ्ने र डाटा राख्ने काम गर्न थालेका छौं ।’
अधिकारीहरुका अनुसार यतिबेला कतिपय नेपालीलाई भने सीमा तोकेर खुट्टामा चिप्स राखेर पनि छाडेको छ । ट्रम्प राष्ट्रपति हुनु अगावै देखि नै यस्ता ब्यक्तिहरु रहने गरेका छन् । तर, दूतावासले अनिवार्य नेपाली उपस्थित भएपछि मात्र राहदानी बनाउने नीति लिएपछि त्यस्ता नागरिकले आफू आउन नसक्ने भन्दै स्काइप वा भाइबरमा आफ्नो जानकारी दिन थालेका छन् । तर, पनि दूतावासले आवेदन दिंदा वा राहदानी लिन आफै उपस्थित हुन पर्ने भन्दै दूतावासमा आउनै पर्ने बाध्यकारी नियम लागु गरेको छ । जुन आवश्यक थियो । नागरिकतालगायतका कागजात समेत नक्कली आउने र विदेशीले नेपाली राहदानी लिने हुनाले अनिवार्य उपस्थिति आवश्यक पर्छ । अमेरिकामा तीन लाख बढि नेपाली रहेको अनुमान छ तर एकिन तथ्यांक कसैसंग छैन । गत बार्ष मात्र अवैध रुपमा दुई हजार बढि नेपाली स्थलमार्गबाट आएको अनुमान छ ।
नेपालमा अवसर नदेखेपछि लाखौ खर्चेर नेपालीहरु अमेरिका आउने गरेका हुन् । तान्जानिया, केन्याबाट दक्षिण अमेरिका हुदै मेक्सिको पुग्ने र त्यहाँबाट अमेरिका छिर्ने गरेका छन् । यो बाटो क्युवीयन रुट भनेर चिनिन्छ । कतिपयले सेटिङ मिलाएर दिल्लीबाट मेक्सिकोको भिसा लिएर मेक्सिको आउने र त्यहाँबाट अमेरिका प्रवेशको दाउ हेर्ने गरेको पनि बताइएको छ ।
निकारागुवा, पानामा, होण्डुरस, कोलम्बियालगायत मुलुकका जेलमा नेपाली छन् । दक्षिण अमेरिकी देशले नेपालीप्रति केही लचकता र सम्मान रहने भएकोले नेपालीसँग मिल्दोजुल्दो विदेशीले पनि नेपाली भन्दै आउने गरेका छन् । भुटानी, फिजि, मरिसस, भारत, मलेसिया र बंगालीलगायतले नेपाली भन्ने कतिले नेपाली राहदानी नै बोकेर आउने गरेको समेत जानकारी दूतावासलाई आएको छ ।
तर, पछिल्लो समय अमेरिकामा आप्रवासीका कठिन दिन सुरु भएको छ । त्यस्तै दक्षिण अमेरिकी मुलुकले पनि अमेरिका पठाउने भन्दा समातेर सम्वन्धित मुलुक फिर्ता गर्न थालेको छ । यसरी फिर्ता गर्दा अमेरिकाले उनीहरुलाई सघाउने समेत गरेको अधिकारीले बताए । एक पटक पनि भिसा नलिएको नेपालीलाई छानविनको दायरामा राख्ने र फर्काउन समेत सक्ने अवस्था छ । कतिपय भिसामा आएर पनि शरणार्थीमा आवेदन दिने र बस्ने गरेका छन । कैयनले आफ्नो मुलुकको ‘एक्स्ट्रा अर्डीनरी’ नागरिक भन्ने प्रमाणित गर्दै ग्रिनकार्ड समेत भर्ने गरेका छन् । त्यसमा कैयन सफल पनि भएका छन । आउँदा दिनमा त्यस्ता कार्यलाई रोक्ने तयारी अमेरिकी सरकारको छ ।
अवैधानिक मात्र होईन, वैधानिक आप्रवासी पनि आप्रवासन सुधारका कदमबाट त्रसित छन् । राष्ट्रपति ट्रम्पको आप्रवासन सुधार एवं सशक्तिकरण अभियान र कानुन कार्यान्वयन एजेन्सीको पछिल्लो गतिविधिले यस्तो अवस्था निम्तिएको हो ।
सन् १४९२ मा कोलम्वस पहिलो पटक अमेरिका आएपछि अमेरिका आप्रवासीबाटै बनेको मुलुक भएपनि पछि आएका आप्रवासीहरुले यहाँ रहेका अमेरिकीको जागिर खोसिएको बुझाई रिपब्लिकनहरुको छ । विश्वभरबाट अमेरिकामा प्रवेश गर्दै कैयन पुस्ता यही वितिसकेका पनि छन् । आप्रवासन सुधार ट्रम्पको चुनावी नारा ‘मेक अमेरिका ग्रेट अगेन’ संगै जोडिएकोले यसमा कडाई हुने र अवैध प्रवेशले दुख पाउने भन्ने विषय प्राय: निश्चित रहेको दूतावास अधिकारीहरु बताउँछन ।
राष्ट्रपति ट्रम्पले पहिलो कार्यकारी आदेश जारी गर्दै सात मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिवन्ध, शरणार्थी कार्यक्रममा एक सय २० दिन रोक लगाउने काम गरेका थिए । सिरियाली शरणार्थीलाई पनि अमेरिकाले रोक्यो । डीसी, न्यूयोर्क, सान फ्रान्सिस्को, शिकागो जस्ता शहरमा प्रदर्शन पनि भए । त्यतिमात्र होइन जसको कानुनी प्रतिवाद नै भयो । केही राज्यको अदालतले सात मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा लगाईएको प्रतिवन्ध अवैधानिक भएको फैसला गरे जसले राष्ट्रपतिलाई पछि हट्न बाध्य भएपनि युरोपीयन तरिका अपनाउदै अध्यागमनलाई सक्रिया बनाइएको छ ।

Subscribe to:
Posts (Atom)